अदालतको आदेश : त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्नु
काठमाडौँ। चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ। बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो।
त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए ।
यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतको यो आदेशसँगै निर्वाचन अन्योलमा परेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




