यस्तो छ मुद्राको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ।
अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको विनियमदर हिजो पनि घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा थियो।
त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८० रुपैयाँ २७ पैसा थियो। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा थियो।
त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७६ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २३ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




