सोमवार, भदौ २, २०८२
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • बिहिबार, चैत्र ६, २०८१

  • 112
    SHARES
घट्यो नेप्से

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ३८ अंकले घटेर २६६९ दशमलव ७६ को विन्दुमा पुगेको छ।

बिहीबार ३१२ कम्पनीका ५५ हजार ४७६ पटकको कारोबारमा ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ रहेको छ।

६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनी घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये जीवन बीमा बढ्दा अन्य राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology