आठ महिनामा ११ खर्ब ४५ अर्बको आयात
काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
विभागका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ११.२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
अघिल्लो आठ महिनाको तुलनामा निर्यात समेत बढेको छ । फागुनसम्मको तथ्यांकअनुसार एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ५७.२० प्रतिशत बढेको छ ।
आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा समेत बढेको छ । विभागका अनुसार आठ महिनाको अवधिमा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ व्यापार घाटामा छ ।
यो गत आर्थिक वर्षको तुलनामा ६।२२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको आठ महिनामा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




