भारत भ्रमणबाट फर्किइन् परराष्ट्रमन्त्री, भनिन्, ‘मोदीलई भेटिन’
काठमाडौँ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको सहयोग लोकतान्त्रिक प्रणाली (डेमोक्रेटिक सिस्टम) लाई नै भएको बताएकी छन्।भारतमा आयोजित विभिन्न कार्यक्रममा भाग लिएर शुक्रबार स्वदेश फर्केकी परराष्ट्र मन्त्री राणाले राजनीतिक विषयमा खासै छलफल नभएको पनि बताइन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कुनै एजेन्डासमेत नराखिएको उल्लेख गर्दै उनले समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँग भने भेटवार्ता भएको बताइन्।
‘कार्यक्रममा कुनै देशको परराष्ट्र मन्त्रीलाई मात्र भेट्न त्यहाँ गाह्रो थियो, भारतीय प्रधानमन्त्रीलाई भेट्ने हामीले एजेन्डा पनि राखेका थिएनौं,’ उनले भनिन्, ‘आफ्नो समकक्षी भएर विदेश मन्त्रीसँग भेट मागेका थियौं, भेटवार्ता भयो, राम्रो स्वागत गर्नुभयो।’
उनले राजनीतिक घटनाक्रमबारे खासै कुराकानी नभए पनि भारतको सहयोग लोकतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिएको बताइन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




