अन्तर्राष्ट्रिय

नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा ४४ को मृत्यु

नाइजरिया। नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीनदिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटास्थित मस्जिदमा गरिएको ‘बर्बर’ आक्रमणमा उनीहरूको मृत्यु भएको र १३ जना घाइते भएका जनाएको छ । मन्त्रालयका अनुसार, मस्जिदमा प्रार्थनाका बेला दिउँसोको समयमा आक्रमण गरिएको थियो ।

आतंककारीले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरमा समेत आगो लगाएका मन्त्रालयले जनाएको छ । सरकारले अपराधीको खोजी गरी कारबाही गर्ने प्रतिबद्धता जनाएकोे छ ।

मन्त्रालयका अनुसार, इस्लामिक स्टेट र अल–कायदासँग सम्बद्ध समूहहरू वर्षौंदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानानजिकको क्षेत्रमा आक्रमण गरिएको हो ।

सम्बन्धित समाचार

अमेरिकी विमान हामीले आक्रमण गर्यौँ : इरान

अमेरिकी विमान हामीले आक्रमण गर्यौँ : इरान

जारी युद्धका बिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानलाई आक्रमण गरिएको दाबी गरेको छ।...

नेतन्याहुले भने: ‘म अझै जीवित छु

नेतन्याहुले भने: ‘म अझै जीवित छु

इरानसँग जारी युद्धका बिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गर्दै आफू जीवित रहेको जानकारी गराएका छन्। बिहीबार राति...

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ। कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी...

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८,...