राजनीति

जनमतका केन्द्रीय सदस्य जसपा नेपालमा

काठमाडौं। सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य नीलम यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् । शनिबार (चैत ९) रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका जनाइएको छ ।

यसरी जसपा नेपालमा प्रवेश गर्नेमा जनमतका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी सीता गुरुङका श्रीमान् कैलाश गुरुङ समेत छन् । उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मालगायत नेताको उपस्थिति रहेको जसपा नेपालको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...