खेलकुद

पीएम कपमा एकसाथ ३ खेल

काठमाडौँ । पीएम कप क्रिकेटमा कपमा आज तीन खेल हुँदैछन् । आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ।

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका ७ खेलमा १ जित र ६ हार बेहोरेको छ।

आज अर्को खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ। जारी प्रतियोगितामा आर्मी क्लबले ७ खेलमा ६ जित र एक हार बेहोरेको छ भने लुम्बिनी प्रदेशले ७ खेलमा ४ जित ३ हार बेहोरेको छ।

त्यस्तै अर्को खेल गण्डकी प्रदेश र एपीएफ क्लबबीच हुनेछ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा गण्डकीले ७ खेलमा एक जित र ६ हार बेहोरेको छ भने एपीएफले आफ्ना ६ खेलमा ४ जित र २ हार बेहोरेको रहेको छ।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...