इशान किसन आक्रामक शतकसँगै हैदरबादको जित,राजस्थान पराजित
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित निकालेको छ ।आइतबार घरेलु मैदानमा भएको खेलमा हैदराबादले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो ।
हैदराबादका ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए पनि टिमको हार टार्न सकेनन् । सञ्जु सामसनले ६६ रन थपे । यस्तै, सिम्रन हेटमायरले ४२, सुभम दुवेले ३४ र नितिश रानाले ११ रन जोडे ।
हैदराबादका सिम्रनजित सिंह र हर्षल पटेलले समान दुई विकेट लिए । एडम जाम्पा र मोहम्मद सामीले एक–एक विकेट लिए । त्यसअघि इशान किसनले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो ।
हैदराबादबाट किसनले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । योसँगै किसन जारी सिजनमा शतक बनाउने पहिलो ब्याटर बने ।
ओपनर ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन थपे । हेनरिक क्लासेनले ३४, नितिश रेड्डीले ३० र अर्का ओपनर अभिषेक शर्माले २४ रन थपे ।
हैदराबादबाट दोहोरो अंकमा रन बनाएका सबै ब्याटरको स्ट्राइक रेट २०० भन्दा भाथि रह्यो । राजस्थानविरुद्ध हैदराबादका ब्याटरले कुल ३४ चौका र १२ छक्का प्रहार गरे । राजस्थानका तुसार देशपाण्डेले तीन विकेट लिए । महिस थिक्षणाले दुई विकेट लिँदा सन्दीप शर्माले एक विकेट हात पारे ।
आईपीएलको इतिहासमा यो दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि, गत सिजन हैदराबादले नै रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २८७ रन बनाउँदै सबैभन्दा ठूलो योगफलको कीर्तिमान बनाएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




