खेलकुद

आईपीएल : मुम्बईमाथि चेन्नाईको जित

मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ।
आइतबार राति भएको खेलमा चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो। मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।

चेन्नइका लागि ओपनर रचिन र कप्तान रितिराजको अर्धशतक महत्वपुर्ण रह्यो। ओपनर रचिन ६५ रनमा अविजित रहे। रचिनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। रितिराजले २६ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५३ रन बनाउँदा क्याच आउट भए।

रविन्द्र जडेजा १७ रन बनाउँदा रन आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। मुम्बईका भिगनेसले ३ विकेट लिए। दिपक चाहार र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो। त्यसअघि चेन्नइको एमए चिदम्बरम स्टेडिययमा चेन्नइले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो।

मुम्बइका लागि तिलक बर्माले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। कप्तान सुर्यकुमार यादव २९ रन बनाउँदा आउट भए। नमन धिरले १७ र रायन रिकेन्टोनले १३ रन थपे। मिचेल सान्टनरले ११ रन बनाए।

मुम्बइलाई कम स्कोरमा रोक्न चेन्नइका नुर अहमदले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १८ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। खलिल अहमदले चार ओभरमा २९ रन दिएर ३ विकेट झारे। नाथन एलिस र रविचन्द्रन अश्विनले समान एक विकेट लिए।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...