अर्थ

२६ अंकले घट्यो नेप्से

काठमाडौं। सोमबार उच्च उतारचढाव देखिएको बजार बन्द हुने समयमा नेप्से २६।१० अंकले बढेको छ। अन्तर दिनको कारोबारमा २५९३ विन्दुसम्म पुगेर नेप्से फर्किएको हो। यसअघि गत माघ ३ गते पनि नेप्से २५८८ विन्दुमा टेवा पाएर फर्किएको थियो। अहिले पनि सोही विन्दु आसपास बजारले टेवा पाएको हो। सोमबार नेप्से ०.९९ प्रतिशतले बढेर २६४.०७८ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकममा भने गिरावट आएको छ।

गत कारोबार दिन अर्थात् आइतबार ६ अर्ब ३२ करोडको सेयर कारोबार भएकोमा आइतबार चार अर्ब ४८ करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ८४ करोड रूपैयाँ कमी आएको हो। आज ३२६ वटा धितोपत्रको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच भएको हो। सोमबार २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको घटेको छ।

यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.२९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार २६१ रूपैयाँ कायम भएको छ। यस्तै, पोखरा फाइनान्सको मूल्य ७.४७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४३८ रूपैयाँ पुगेको छ। सोमबार अपर हेवाखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ४.९२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८०० रूपैयाँ पुगेको छ।

यस्तै, नारायणी डेभलपमेन्टको मूल्य ४.०५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ९१५ रूपैयाँ पुगेको छ। सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ९६६ रूपैयाँ ६० पैसामा ३२ करोड ६९ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३।५२ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...