आईपीएल : लखनउमाथि दिल्लीको जित
काठमाडौँ। लखनउ सुपर जायन्टमाथि रोमाञ्चक जित निकाल्दै दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ। विशाखापटनमा भएको खेलमा दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो। लखनउले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल अगावै ९ विकेटको क्षतिमा जित निकालेको हो।
दिल्लीको जितमा आशुतोष शमाए नायक बने। उनले ३१ बलमा ५ चौका र ५ छक्का सहयोगमा सर्वाधिक ६६ रनको अविजित पारी खेले। भिपराज निगमले ३९ र त्रिस्तानले ३४ रन थपे। फाफ डु प्लेसिसले २९ रन बनाउँदा कप्तान अक्षर पटेलले २२ रन बनाए। लखनउका लागि सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्भेस राठी र रवि विश्नोइले समान २ विकेट लिए।
त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको थियो। लखनउका निकोलस पुरनले सर्वाधिक ७५ र मिचेलमार्सले ७२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्।
डेविड मिलर २७ रनमा नटआउट रहे। ओपनर एडेन मक्रमले १५ रन बनाए। लखनउका ६ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिल्लीका मिचेलले ३ विकेट लिए। कुलदिप यादवले २ तथा भिपराज निगम र मुकेश कुमारले समान एक विकेट लिए। आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दैछन्। खेल अहमावादमा राति पौने ८ बजे सुरु हुनेछ। यो खेलपछि लिग चरणको पहिलो राउण्ड सकिनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




