नेप्से निरन्तर ओरालो
काठमाडौँ। नेप्सेले देखाएको सोमाबारको गति मंगलबार पुनस् बदलिँदा बजार क्रमिक रुपमा ओरालो लागेको हो। मंगलबार नेप्से सूचक ५८.०५ अंकले घटेर २५८२.७३ अंकमा बन्द भएको छ। बजार दिनभर घटिरहँदा लगानीकर्ता प्यानिक सेलमा उत्रिए। यसले बजारमा खरिद पक्ष कमजोर भई बिक्री पक्ष बलियो बनाउँदा समग्र बजार राताम्मे बनेको हो। यो दिन लगानीकर्ताले कारोबार पनि ५ अर्ब १० करोडको मात्रै गरेका छन्।
आइतबार ६ अर्बमाथिको कारोबार गरेको लगानीकर्ताले सोमबार बढेको बजारमा ४ अर्बको कारोबार गरेका थिए। मंगलबार भने लगानीकर्ताले कारोबारलाई बढाएका हुन्।
बढ्ने अपेक्षाका बीच बजार तीन हप्तायता निरन्तर घट्दा लगानीकर्तामा बजारप्रतिको आत्मविश्वास घट्न थालेको छ। जसका कारण लगानीकर्ता पुन; कारोबारलाई ४ देखि ५ अर्बबीचमा मात्रै राख्दै आएका देखिन्छन्। मंगलबार कारोबार ५० करोडले बढे पनि त्यसको सकारात्मक प्रभाव बजारमा पर्न सकेन। यो दिन सबै समूहको उपसूचक घटेको छ भने कारोबारमा आएका केही डिबेन्चर र ४ वटा कम्पनीबाहेक सबै कम्पनीको मूल्य घटेको छ ।
कम्पनीहरूमा गार्डियन माइक्रोलाइफ, सयपत्री हाइड्रो, उपकार लघुवित्त र अपर सोलु हाइड्रो इलेक्ट्रीसिटी कम्पनीको मूल्य सामान्यले बढ्दा एनसीसी बैंक,कुमारीबैंक, मन्जुश्र फाइनान्सलगायतका संस्थाहरूले जारी गरेको डिबेन्चरको मूल्य भने ४ प्रतिशतमाथिले बढेको हो।
घट्नेमा भने आज २४० वटा कम्पनी रहेका छन्। जसमा नारायणी विकास बैंक अगाडि छ। दुई महिनादेखी घट्दै नघटी निरन्तर बढिरहेको यो बैंकको सोमबार र मंगलबार भने मूल्य घटेको हो।मंगलबार ९।९७ प्रतिशतले मूल्य घटेको छ। यस्तै यो बाहेक सर्पोट माइक्रोफाइनान्सको ७.८९ प्रतिशत र सिन्धु विकास बैंकको ६।९२ प्रतिशतले मूल्य घटेको हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...




