प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
काठमाडौँ। प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ः१५ बजेससम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले एक बजे सूचना टासेर १ः१५ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
‘मा। सदस्यहरु, ०८१।१२।१५ गतेको प्रतिनिधि सभाको बैठक विशेष कारण आजै दिनको १ः१५ बजे बस्ने गरी सम्माननीय सभामुखबाट निर्धारण भएको व्यहोरा अनुरोध छ,’ संघीय संसद सचिवालयका महासचिव पद्मकुमार पाण्डेले निकालेको सूचनामा उल्लेख छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् । पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...




