राजनीति

धवलशमशेर पक्राउ परेको संसद्मा जानकारी

काठमाडौँ। सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणा पक्राउबारेको सूचना पढेर सदनलाई जानकारी गराएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले राणा पक्राउ बारेको सूचना पढेका हुन्। उक्त पत्रमा दुर्गा प्रसाईंसमेत भएको राज्यविरुद्धको अपराधसम्बन्धी कसुरमा जबरा पक्राउ परेको भनिएको छ।

राप्रपासहित राजावादीहरूले १५ चैतमा काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए। त्यसमा राणाले भीडलाई उक्साउने काम गरेका थिए।

विभिन्न मिडिया हाउस, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी सवारीसाधनमाथि तोडफोड, राजनीतिक दलका कार्यालय र नेताको निजी निवासमा आगजनी र आगजनी प्रयास गर्ने कार्यमा समेत जबराको भूमिका रहेको भनिएको छ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...