तीनकुने घटनामा मृतकका परिवारलाई सरकारले १० लाख राहत दिने
काठमाडौं। काठमाडौंको तीनकुनेको घटनामा दुई जना मृतकको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ। बुधबार पत्रकार सुरेश रजक र सबिन महर्जनको परिवारलाई १० लाख दिने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।
दुर्गा प्रसाईंको आह्वानमा काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
तीनकुनेमा आगजनी भएको घरमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए। उनको जलेर मृत्यु भएको पोस्टमर्टमले देखाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...
इलाम कारागारभित्रै मतदान
इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...




