मधेस केन्द्रित दलको मोर्चा घोषणा हुँदै, जसपा नजाने
काठमाडौँ। मधेस केन्द्रित दलहरूले आज बिहीबार संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । आज घोषणा हुने मोर्चामा सात दल रहने बताइएको छ।
मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ। यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने बताइएको छ ।
सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा। सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने छ ।
मोर्चाको आलोपालो नेतृत्व गर्ने बताइएको छ । अहिले पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताएको छ । स्रोतका अनुसार यो सात दलीय मोर्चामा नागरिक उन्मुक्ति पार्टी पनि नरहने अवस्था रहेको देखिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...
इलाम कारागारभित्रै मतदान
इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...




