समाचार

हात्तीसारमा कार्यरत एकजना फडितको हात्तीको आक्रामणबाट निधन

नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत एकजना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ। बुधबार राति हातीलाई घाँसमा हाल्न जादा हात्तीले आक्रमण गरेको थियो।

बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए।बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि धेरैलाई आक्रमण गरेको थियो।

१८ वर्षीय उक्त भाले हात्तीलाई २०७३ सालमा बर्दियाबाट ल्याउँदा मृतक आशाराम पनि सँगै आएका थिए।

सम्बन्धित समाचार

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

तराईमा आज मनाइँदैछ होली

तराईमा आज मनाइँदैछ होली

नवलपरासी। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका...

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं। रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार...

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बागलुङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प...