बुधबार, माघ २३, २०८१
English
Follow us:

एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता

एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता

  • खबर सेवा

  • मङ्लबार, बैशाख १३, २०७९

  • 12
    SHARES
एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता
kmf]6f] SofK;g M pDd]bjf/L lbPkl5 g]tfx? M 8f]6L, !@ j}zfv M 8f]6Lsf] lbkfon l;nu9L gu/kflnsfdf gu/ k|d'vsf] pDd]bjf/L lbPkl5 sfu|];sf laho v8sf, Pdfn]sf nId0f dnf;L tyf dfcf]afbL s]Gb|sf vu]Gb| ;fpb ;fd'lxs t:jL/ lvrfpFb} . t:jL/ M ljdnaxfb'/ lji6÷/f;;

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology