३ महिनापछि पाए काठमाडौँ महानगरका कर्मचारी र जनप्रतिनिधिले पारिश्रमिक
काठमाडौँ। काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले तलब पाएका छन्। महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरूको तीन महिनादेखि तलब सुविधा रोकिएको थियो।
सोमबार महानगरका कर्मचारी र जनप्रततिनिधिहरूले तलब पाएको महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।
बिहीबार उपमेयर सुनिता डंगोल र जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएका थिए। मेयर बालेन शाहले गुरागाईंलाई कार्यालयमा प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। महानगरका कर्मचारीलाई तलब खुवाउन गुरागाईंले शुक्रबार नै चेक काटेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




