झिनो अंकले घट्यो शेयर
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ ।
मङ्गलबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ को विन्दुमा कायम भएको हो । यस दिन बजारमा १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयरको खरिद गर्दा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै ३३.३३ अंकले घटेको नेप्से २६७०.०६ को विन्दुमा बन्द भएको थियो।
सामान्य अंकले घटेको बजारमा बोटल्स नेपाल बालाजु र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यस दिन यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड ५९ करोड १४ लाख ४२ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
मङ्गलबार बजार पुँजीकरण ४४ खर्ब २७ अर्ब रुपैयाँ बढी रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




