आठ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिटेन्स
काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्ममा १० खर्ब ५१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष २०८०/८१ यही सात महिना (साउनदेखि फागुन)मा भने ९ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
फागुन एक महिनामा मात्रै भने एक खर्ब ५१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यसअघि मासिक रूपमा रेमिटेन्स भित्रिने दर घट्न थालेकोमा पुसबाट फेरि सुधार देखिन थालेको छ।
मंसिरमा एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएकोमा पुसमा एक खर्ब २२ अर्ब र माघमा एक खर्ब ३७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। पछिल्लो २५ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




