शनिबार, बैशाख ६, २०८२
English
Follow us:

दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न आदेश

दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न आदेश

  • खबर सेवा

  • शुक्रबार, चैत्र २८, २०८१

  • 62
    SHARES
दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न आदेश

काठमाडौँ। दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

प्रसाईं तीनकुने घटनाका मुख्य नाइके हुन्। उनीमाथि राज्य विरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। यसअघि सोही घटनामा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो।

भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology