अर्थ

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार बनेका भुवनसिंह गुरुङलाई निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न संघको ३० र ३१ औँ साधारणसभाले अध्यक्षमा गुरुङले निकट प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतले हराउँदै विजयी बने।

संघको निर्वाचनमा गुरुङले ४२८ मत प्राप्त गर्दा भने प्रतिष्पर्धी गेलालले ३६७ मत मात्र ल्याए। निर्वाचित गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक हुन्।

संघको निर्वाचनबाट गेलाल समूहबाट उम्मेदवार बनेका दुई जना मात्र विजयी भए। गेलाल समूहबाट संघका पूर्व महासचिव एवं मञ्चका पूर्व महासचिव सुजित कुमार श्रेष्ठ (३७५ मत) प्रथम उपाध्यक्षमा विजयी भए।

 

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...