
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। आज कालीमाटीमा धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। तर, करेला, बोडीसहितका तरकारीको मूल्य भने थोरै घटेको छ। कन्य र डल्ले च्याउको मूल्य भने बढेको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ४२, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा १०, ज्यापु काउली २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ७० रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि करेला ५५, परबल ८५, घिरौँला ६५, झिँगुनी ६५, हरियो फर्सी ३०, भिन्डी ५५, कन्य च्याउ १३३, डल्ले च्याउ ३२६, कुरिलो ४३३, सजिवन १६३ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ४२, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा १०, ज्यापु काउली २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ७६ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ६०, परबल ८५, घिरौँला ६५, झिँगुनी ६५, हरियो फर्सी ३०, भिन्डी ६५, कन्य च्याउ १२६, डल्ले च्याउ २८३, कुरिलो ४६६, सजिवन १६३ रुपैयाँ प्रतिकिलो थियो।