खेलकुद

वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

काठमाडौँ। हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगितामा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। नेपाललले टस जितेर फिल्डिङ रोजेको खेलमा ९ ओखर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो। जम्मा ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो।

तर, वर्षा नरोकिएपछि खेल रद्द भएको हो। यद्यपि, हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल प्रतियोगिताको फाइलनमा पुगेको हो। नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो।

नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधिका लागि कुवेतसँग प्रतिष्पर्धा हुनेछ। आजै भएको खेलमा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।
नेपालले यसअघि कतार र कुबेतलाई पराजित गरेको थियो। प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्।

 

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...