मकवानपुरमा चट्याङ लाग्दा युवकको मृत्यु
काठमाडौँ। आइतबार (आज) दिउँसो चट्याङ लाग्दा मकवानपुरमा एक युवकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। मकवानपुरको मनहरी गाउँपालिका–५ बसन्तपुरस्थित राप्ती खोलाको किनारमा करिब ३ः४० बजेको समयमा चट्याङ लाग्दा अविरल थिङको ज्यान गएको हो।
मनहरी–५, डिल्लीपुरस्थित आफन्तको घरबाट आफ्नो घर दरदरा फर्कने क्रममा २८ वर्षका थिङमाथि चट्याङ खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनामा मृतकका बावु ५६ वर्षका सिंहबहादुर थिङ मध्यम घाइते भएका छन् भने मनहरी–५ डिल्लीपुरका हिरामान गोलेका १० वर्षका छोरा सौगात गोले सामान्य घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी श्यामु अर्यालले जानकारी दिए।
सौगात मृतक अविरलका सानिआमाको छोरा हुन्। डीएसपी अर्यालका अनुसार घाइते दुवैजनालाई स्थानीयले प्रहरी पुग्नुअघि नै उपचारका लागि चितवन पठाएका थिए।
घटनामा मृत्यु भएका अविरलको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइने तयारी भैरहेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...
आजदेखि मौसमी गतिविधि बढ्ने
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको...
सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते
सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...
सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा
रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...




