अर्थ

बुधबार पनि घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १९.८९ अंक घटेको नेप्से सूचक बुधबार १५.६४ अंक घटेको हो ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । नेप्से सूचक घटेको भए पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।

पछिल्लो समय सेयर कारोबार उधारोमा गर्ने चलन बढेसँगै सेयर बजार सूचक अस्थिर हुने गरेको छ । उधारोमा सेयर किन्ने र ब्रोकरको दबावमा बिक्री गर्नुपर्दा बजारमा धितोपत्र आपूर्ति बढेको छ ।

त्यसले पनि नेप्से सूचक बढ्न नसकेको हो । बुधबार कारोबार सुरु हुँदा २७४१.९७ अंक रहेको नेप्से सूचक १५.६४ अंक घटेर २७२६.३३ अंकमा झरेको छ ।

बुधबार नेप्सेमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत परिसूचकमध्ये व्यापार र सामूहिक लगानी कोष बढेका छन् । सुधार आएका समूहगत परिसूचकमध्ये व्यापार ३.१८ र सामूहिक लगानी कोष ०.०४ अंकले बढेका छन् ।

त्यसैगरी बैंकिङ ७.९४, विकास बैंक ४९.२२, वित्त १८.३६, होटल ६५, जलविद्युत ३२.४३, लगानी ०.५९, जीवन बीमा ७२.५९, उत्पादनमूलक ३०.१०, लघुवित्त ३५.१४, निर्जीवन बीमा ४९.२९ र अन्य ७.२८ अंक घटेका छन् ।

नेप्से परिसूचक घटे पनि कारोबार रकममा सामान्य सुधार आएको छ । बुधबार नेप्सेमा ३ सय २६ कम्पनीको ६८ हजार ५ सय ९४ कारोबारबाट ४ अर्ब ७२ करोड रुपैयाँ बराबर १ करोड १३ लाख ४५ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो ।

मंगलबार नेप्सेमा ३ सय २३ कम्पनीको ८९ हजार ७ सय ७५ कारोबारबाट ४ अर्ब ३८ करोड रुपैयाँ बराबर १ करोड ५ लाख ३५ हजार कित्ता सेयर खरिद-बिक्री भएको थियो ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...