अर्थ

वैशाख १५ गतेदेखि  जेठ ८ गतेसम्म भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला हुने

 

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा हुने जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलाको हुने भएकाे छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा यही वैशाख १५ गतेदेखि  मेला जेठ ८ गतेसम्म चल्नेछ जनाइएकाे छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन लेआज पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त्रकुराकाे जानकारी दिएकाे हो ।

एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल रहने एसोसिएसनले जनाएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले जानकारी दिए । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । 

मेलामा नेपाल उत्पादीत जुता चप्पल तथा छाला जन्य वस्तुहरू स्वदेशमा नै तयार पारिएका जुत्ता चप्पल महीला पुरूष ,बच्चा बुडाबुडी गर्मी जाडो हरेका मोैसमा लगाउन मिल्ने किसिमको जुत्ता राखिने छ ।साथै विवाह पार्टीहरुमा लगाउन मिल्ने जुत्ता चप्पलहरु पनि राखिने जानकारी दिए । साथै १० देखि ५० प्रतिशत छुट समेत रहेको कुरा उनले बताए ।

आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेले बताए । मेलामा देशका चर्चित ब्रान्डको प्रतिनिधित्व रहनेछ । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ । ‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण रहनेछ,’ उनले भने । साथै मेलामा २ लाख ५० हजार भन्दा बढि स्वदेशि तथा विदेशीरुले अवलोकन गर्ने अनुमान लागाइको छ । साथै मेलामा ३ करोड बराबरको कारोवार हुने अनुमान लगाइएको उपाध्यक्ष्य न्यौपानेले जानकारी दिए ।

प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।नेपाली ब्रान्डलाई उपभोक्ताले प्राथमिकता दिनुपर्ने र चोरी पैठारी नियन्त्रण गरिनुपर्ने निबर्तमान अध्यक्ष कृष्णकुमार फुयालले बताए ।

पत्रकार सम्मेलनमा महासचिव ज्ञानेन्द्र दाहाल, चोककुमार श्रेष्ठ राजन,लगायत मेला वारे विभिन्न जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...