वैशाख १५ गतेदेखि  जेठ ८ गतेसम्म भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला हुने

 

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा हुने जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलाको हुने भएकाे छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा यही वैशाख १५ गतेदेखि  मेला जेठ ८ गतेसम्म चल्नेछ जनाइएकाे छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन लेआज पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त्रकुराकाे जानकारी दिएकाे हो ।

एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल रहने एसोसिएसनले जनाएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले जानकारी दिए । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । 

मेलामा नेपाल उत्पादीत जुता चप्पल तथा छाला जन्य वस्तुहरू स्वदेशमा नै तयार पारिएका जुत्ता चप्पल महीला पुरूष ,बच्चा बुडाबुडी गर्मी जाडो हरेका मोैसमा लगाउन मिल्ने किसिमको जुत्ता राखिने छ ।साथै विवाह पार्टीहरुमा लगाउन मिल्ने जुत्ता चप्पलहरु पनि राखिने जानकारी दिए । साथै १० देखि ५० प्रतिशत छुट समेत रहेको कुरा उनले बताए ।

आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेले बताए । मेलामा देशका चर्चित ब्रान्डको प्रतिनिधित्व रहनेछ । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ । ‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण रहनेछ,’ उनले भने । साथै मेलामा २ लाख ५० हजार भन्दा बढि स्वदेशि तथा विदेशीरुले अवलोकन गर्ने अनुमान लागाइको छ । साथै मेलामा ३ करोड बराबरको कारोवार हुने अनुमान लगाइएको उपाध्यक्ष्य न्यौपानेले जानकारी दिए ।

प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।नेपाली ब्रान्डलाई उपभोक्ताले प्राथमिकता दिनुपर्ने र चोरी पैठारी नियन्त्रण गरिनुपर्ने निबर्तमान अध्यक्ष कृष्णकुमार फुयालले बताए ।

पत्रकार सम्मेलनमा महासचिव ज्ञानेन्द्र दाहाल, चोककुमार श्रेष्ठ राजन,लगायत मेला वारे विभिन्न जानकारी गराएका थिए ।

You might also like
Comments
Loading...