राजनीति

रोशी विपद् प्रकरण ; यतिबेला विस्तृत क्षति आँकलन गर्दैछ सरकार

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनको औपचारिक सुरुवात यहाँको रोशी गाउँपालिका–२ नारायणटारबाट भएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘२०८१ को मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलन (डीडीए) सुभारम्भ कार्यक्रम’मा विपद् प्रभावित परिवारको लगत संकलन कार्यक्रम सम्पन्न तथा प्रभावितलाई निस्सा वितरण गर्दै उनले निजी आवास पुनर्निर्माण सुरु भएको बताएका हुन्।

‘गत असोजमा गएको बाढीपहिरोले देशका विभिन्न ठाउँमा क्षति पुर्या‍एकामा पुनर्निर्माण गर्ने काम आजबाट सुरु भएको छ’, उनले भने, ‘आजदेखि काभ्रेजिल्लाभरि क्षति भएका घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ भएको छ।’ सो क्रममा पूर्ण रुपमा क्षति भएका घरको पुनर्निर्माण गर्ने र आंशिक रुपमा क्षति भएका घरको प्रवलीकरण गर्ने उनको भनाइ छ।

बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका रहेकाले विस्तृत क्षतिको आँकलन यहीँबाट सुरवात गरेको गृहमन्त्री लेखकले बताए। उक्त मनसुनजन्य विपदबाट क्षति पुगेका अन्य जिल्लाको क्षतिग्रस्त निजी घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ गर्ने जनाएको छ।

बजेटको व्यवस्थापन, कानुन, नीति निर्देशिका परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाइ भएकाले क्षति आँकलन ढिलाइ भएको उनले स्पष्ट पारे। जसमा अस्थायी आवास निर्माण गर्न दुई चरणमा रु २५/२५ हजार रकम उपलब्ध गराउने र स्थायी घर निर्माणका लागि प्रति घर रु चार लाख उपलब्ध गराउने गृहमन्त्री लेखकले जानकारी दिए।

अस्थायी घर निर्माणका लागि काभ्रेपलाञ्चोकका लागि ७ करोड ३५ लाख रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आजै उपलब्ध गराइसकेको गृहमन्त्री लेखकले बताए। अब सरकारबाट थालनी गरेको कामलाई ढिला नगरिकन तीव्रता दिन जनप्रतिनिधिलाई उनले आग्रह गरे। जसमा सबै तहका सरकार र सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए।

सो क्रममा बोल्दै गृहमन्त्री लेखकले सडक र पुल पुनर्निर्माण सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अगाडि बढाउने बताएका छन्। क्षतिग्रस्त वीपी राजमार्गको पुनर्निर्माण अगाडि बढिसकेकोमा वर्षामा पनि आवातजावत गर्न यातायात अवरुद्ध नहुने गरी काम भइरहेको उनको भनाइ छ।

बाढीपहिरोबाट रोशी गाउँपालिकाको ५६३ निजीघरहरु क्षतिग्रस्त बनाएको गाउँपालिकाले जनाएको छ। क्षतिग्रस्त नागरिकको घर अस्थायी वा स्थायी निर्माण गर्नका लागि प्राधिकरणबाट रकम प्राप्त गर्न अनिवार्य रुपमा गाउँपालिका र प्राधिकरणबाट खटिएका प्राविधिकबाट विस्तृत क्षति आकलन गर्नुपर्ने प्रावधान रहेको छ।

रोशी गाउँपालिकामा पालिका र प्राधिकरणबाट गरी १८ जना प्राविधिक जनशक्ति परिचालन भएको छ।

 

सम्बन्धित समाचार

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...