खेलकुद

आईपीएलमा दिल्लीको जित

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा जित निकाल्दै राजस्थान रोयल्सलाई पराजित गरेको छ। यो जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अरुण जेट्ली रङ्गशालामा बुधबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। १८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले पनि २० ओभरमा ४ विकेट गुमाएर १८८ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको राजस्थानले ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रदर्शन गर्दै उक्त लक्ष्य ४ बलमै पुरा गर्‍यो।

यो जित दिल्लीको जारी प्रतियोगितामा पाँचौं जित हो। ६ खेलमा १० अंक जोड्दै दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको छ। उता, राजस्थान रोयल्सको यो पाँचौं हार हो। सात खेल खेलेको राजस्थान ४ अंकसहित तालिकाको आठौं स्थानमा छ।

 

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...