गभर्नर हुने निश्चित भएका गुणाकर भट्टलाई नियुक्ति नगर्न भन्दै सर्वोच्चमा निवेदन
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित सर्वोच्चमा पूरक निवेदन परेको छ। शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्न लागिएकोमा उनको योग्यता नपुग्ने दाबीसहित पुरक निवेदन दिएका हुन्।
यसअघि उनीहरूले गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी मापदण्ड संशोधन गरेको भन्दै रिट दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै गत मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सो मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।
यसअघि दायर सोही रिटमाथि नै निवेदकहरूले पुरक निवेदन दिँदै भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न माग गरिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
चैत १८ गते अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।
उक्त निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आइतबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । आइतबार नै पूरक निवेदनमाथि पनि सुनुवाइ हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




