राजनीति

लन्चमा बोलाएर पूर्वराजाले लिङ्देनलाई भने : ठूलो छाती गर्नुहोस्

काठमाडौँ। राजावादीको आन्दोलन चलिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विभिन्न तवरबाट सक्रियता देखाउँदै आएका छन्। उनी कहिले सन्देशमार्फत वा कहिले धार्मिक तरिकाबाट सक्रिय भइरहेका छन्।

गत फागुन ७ को पूर्वसन्ध्यामा सन्देश छाडेपछि राजतन्त्रको पक्षमा वकालत गर्ने क्रम बढेको छ। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए।

उनीहरूसँग पूर्वराजाले लन्च पूर्व नै कुराकानी गरेका थिए। स्रोतका अनुसार ज्ञानेन्द्रले गतिविधि कसरी चल्दैछ भनेर प्रश्न गरेका थिए। जबाफमा नेताहरूले शाहको सन्देशले माहोल राम्रो बनेको भन्दै प्रशंसा गरेका थिए। पूर्वराजाले सबै राजावादी शक्ति एकजुट हुनुपर्ने बताएका थिए। निर्मल निवास पुगेका एक राप्रपा नेताका अनुसार पूर्वराजाले लिङ्देनलाई समन्वय गरेर चल्न अनुरोध गरेका थिए। शाहले हालसम्म राजावादी शक्ति आन्दोलनमा एकत्रित हुन नसकेकोमा पनि गुनासो गरेका थिए।

ती नेताका अनुसार शाहले लिङ्देनलाई ‘ठूूलो छाती गर्न’ सुझाव दिएका थिए। निर्मल निवास पुग्ने ती नेताका अनुसार पूर्वराजाले नेताहरूबाट बिफ्रिङ मात्र लिएका थिए। नेताहरूबाट राजावादीको माहोल मात्र शाहले खोजेका थिए। जबाफमा माहोल राम्रो रहेको प्रतिक्रिया दिएका थिए।

लिङ्देनलाई पार्टीका सबैलाई मिलाएर लैजान पूर्वराजाले निर्देशन दिएका थिए। राप्रपाका नेताहरूलाई पूर्वराजालाई भनेका थिए, ‘मिलाएर सबैजना अघि बढ्नुहोला। मिलाएर लग्नुहोस्।’

हालसम्मका कार्यक्रममा राजसंस्था पुनस्र्थापनाका लागि बनेको समितिले राजसंस्था पुनस्र्थापनाका लागि कार्यक्रम गर्दै आए पनि राप्रपाले पनि छुट्टै कार्यक्रम गर्दै आएको छ। पूर्वराजाले सामूहिकरूपमा कार्यक्रम गर्न अनुरोध गरेको ती नेताले बताए। ती नेताका अनुसार राप्रपाका लिङदेनबाहेकका नेतालाई मिलाएर लैजान अनुरोध गरेका थिए।

शाहले राजसंस्था पुनःस्थापना समितिबाटै एकत्रित हुन सुझाव दिएका थिए। पूर्वराजासँगको भेटमा ज्ञानेन्द्र शाहीले भने माहोल राम्रो भएकाले यतिबेलै निर्णायक आन्दोलन हुनुपर्ने बताएका थिए। अन्त्यमा, लिङदेनले पूर्वराजालाई आफू पनि पूर्वराजाकै नेता भएको बताएका थिए। ‘म पनि हजुरकै मान्छे हुँ नि सरकार‘

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...