खेलकुद

आईपीएलमा गुजरातको जित

काठमाडौँ। आईपीएल क्रिकेटमा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। गएराति कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।

कोलकाताका ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल नराइन २७ रनमा आउट भए। लगत्तै भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए। कप्तान अजिन्क्य राहणे अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए। उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे। ४ विकेटको नोक्सानीमा कोलकाताले मात्र ९१ रन बनायो।त्यसपछि अन्य कुनै पनि खेलाडी‌ क्रिजमा टिक्न सकेनन्। आन्द्रे रसलले २१ रन बनाउँदा अङकृश रघुवंशीले अविजित २७ रनमा रहे। बलिङमा प्रसिद्ध कृष्णा र रसिद खानले २र२ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे। यी दुईले १२ ओभर २ बलमा १ सय १४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरूवात दिलाए। ३६ बलमा ५२ रन जोडेर साई आउट भए। आन्द्रे रसलले साझेदारी तोड्दै साइलाई आउट गरे।

त्यसपछि जोश बटलरले शुभमनलाई साथ दिए। दोस्रो विकेटको लागि उनीहरुले ५८ रनको साझेदारी गर्दै कोलकाताका बलरहरूलाई दबाब दिए। गिल शतकबाट १० रनले चुके। सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए।

जोस बटलर २३ बल खेल्दै अविजित ४१ रनना क्रिजमा रहे। साहरुख खानले अविजित ११ रन जोडे। कोलकाताका मात्र दुई बलर आन्द्रे रसल र वैभव अरोराले १–१ विकेट लिए। गुजरात दोस्रो स्थानमा रहेको दिल्लीसँगको दुरी २ अंकमा बढाएको छ। दिल्लीले एक खेल कम खेलेको छ। ७ खेल खेलेको दिल्लीसँग १० अंक रहेको छ। कोलकाता भने यो पाँचौं हार हो। आठ खेलबाट उससँग मात्र ६ अंक रहेको छ।

प्रतियोगिता अन्तरगत आज लखनउ सुपरजायन्ट र दिल्ली क्यापिटल्स भिड्नेछन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...