ओलीविरुद्ध नेविसंघ कार्यकर्ताको प्रदर्शन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तासाझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई अनावश्यक दबाब दिएर, शिक्षामन्त्रीलाई विद्या भट्टराईलाई असहयोग गरी राजीनामा दिन बाध्य पारेको र शिक्षकका माग पूरा गर्न तत्परता नदेखाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको जनाएको छ।
प्रधानमन्त्रीविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शन गरेका नेविसंघका नेही नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेविसंघका नेताहरू विनोदराज जोशी, विवेक आचार्य, उपशना अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै नेविसंघ आरआर इकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेता सुमीत भट्टराई, मनीष भट्टराई, आदर्श तिवारी र हिमाल विष्ट प्रहरी नियन्त्रणमा छन्।
उनीहरूले ‘त्रिभुवन विश्वविद्यालयको भीसी नियुक्तिमा खुला प्रतिस्पर्धा खोइरु, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किनरु, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




