समाचार

जेठीसासू हत्या अभियोगमा ज्वाइँ पक्राउ

इलाम। इलाममा व्यक्तिलाई हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। इलामको माई नगरपालिका ४ सिजालीटार ४२ वर्षीय शान्तिराम दुलाल हत्या आरोपमा पक्राउ परेका हुन्।

इलामको माई नगरपालिका-४ सिंजालीटारका ५२ वर्षीय भूमिका चापागाईंको हत्या आरोपमा दुलाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

बैशाख १२ गते साँझ सामान्य बिवादका कारण दुलालले सोहि स्थानकी ५२ बर्षीय भुमिका चापागाँईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाइते भएकी थिइन्। उनको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरेहको जनाएको छ।

सम्बन्धित समाचार

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...