पूर्वाधार विकाससहित व्यवस्थित शहर निर्माण अभियानमा नगर विकास कोष
काठमाडौं । नगर विकास कोषले देशभर २४ आयोजनाको काम अगाडि बढाइरहेको छ । कोषको ३४औं वार्षिकोत्सवको अवसरमा आर्थिक आवाजसँग कुरा गर्दै कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पूर्वाधार विकाससहित व्यवस्थित शहर निर्माण अभियानमा कोष सक्रिय रहेको बताए ।
५ अर्ब रुपैयाँ बराबरका आयोजनाहरुको काम भइरहेको उनले जानकारी दिए । ‘शहर पूर्वाधारका क्षेत्रमा हामीले काम गर्दै आइरहेका छौं,’ उनले भने, ‘कतिपय आयोजना अन्तिम चरणमा पुगेका छन् भने कतिपय आयोजना कार्यान्वयनको चरणमा छन् ।’ बसपार्क निर्माण, कमर्सियल भवन, कृषि बजार लगायतका पूर्वाधार विकासमा कोषले काम गर्दै आइरहेको छ ।

यस वर्ष कोषले काठमाडौंमा इलेक्ट्रिक बस र्यापिट ट्रान्जिट र बहुतले पार्किङको काम अगाडि बढाउँदैछ । ‘यी दुवै काम हामी अगाडि बढाउँदैछौं,’ सापकोटाले भने । कोषले नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आइरहेको छ ।
‘सन्तुलीत शहरी पुर्वाधार विकास, वातावरणमैत्री पुर्वाधार र व्यवस्थित शहर निर्माण नै कोषको उद्देश्य हो,’ कार्यकारी निर्देशक सापकोटाले भने, ‘हामी यसैै उद्देश्य अनुरुप व्यावसायिक योजना तथा कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने अभियानमा छौं ।’
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं। सेयरबजार आइतबार ४.४५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले बढेर २८२४.९० विन्दुमा पुगेको...
चैत ७ गतेदेखि धुलिखेल–खावा खण्डको किन रोकिँदैछ आवागमन ?
काठमाडौँ। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ। उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत...
सुनको भाउ बढ्यो
काठमाडौँ। सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...




