एनएसएलको उपाधि ललितपुरलाई
काठमाडौं। ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ। शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो।
ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए। ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ।
ललितपुरले एनएसएलमा अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पुर्याएको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो । च्याम्पियन ललितपुरले नगद ८० लाख प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख हात पार्नेछ। खेलको सुरुवात सुस्त रहेपनि इमोह इजेकेलले पहिलो हाफको अन्त्यतिर गोल गर्दै साविक विजेता ललितपुरलाई अग्रता दिलाएका थिए ।
इमोह इजेकेलले खेलको ४२औं मिनेटमा गोल गर्दै ललितपुर सिटीलाई अग्रता दिलाएका थिए। इमोह इजेकेलले मनोज राईको क्रसमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाए । पोखराले आफ्नै गल्तीमा गोल व्यहोरेको छ । बिएस्सी विलियमले क्लियर गरेको बल बक्स बाहिर ललितपुरका सन्तोष क्षेत्रीले पाए । उनले बायाँ भागमा रहेको मनोज राईलाई पास दिए । मनोजले क्रस हानेको बल रोक्न पोखराका किपर प्रिसो अघि बढेका थिए। त्यही मौकामा इमोहले हेड मार्फत गोल गरे।
यस सिजन उनको यो तेस्रो गोल हो। यसअघि इमोहले लिग चरणमा पहिलो गोल पनि पोखरा थण्डर्स विरुद्ध नै गरेका थिए। जुन खेल ललितपुरले ३-२ ले जितेको थियो । अर्को गोल गिमा एफसी चितवन विरुद्ध गरेका थिए। दोस्रो सिजन ललितपुरले उपाधि जित्दा सर्वाधिक ६ गोल गरेका इमोहले एनएसएलमा सर्वाधिक ९ गोल गर्ने धनगढी एफसीका अहमद हिजाजीको कीर्तिमान पनि भेट्टाएका छन्। पहिलो हाफमा ललितपुरले पाएको यो नै सबैभन्दा राम्रो अवसर थियो र त्यसमा गोल पनि भयो।त्यसअघि पोखराका स्टेफेन समिर विनोङले पनि राम्रो अवसर पाएका थिए तर गोल गर्न सकेनन्।
पोखराका लागि सुदिल राईले ६३औं मिनेटमा बराबरी गोल फर्काए। खेल १-१ को स्थितीमा पुगेपछि रोमाञ्चक बनेको थियो। पदम भट्टराईले दायाँ भागबाट दिएको क्रस सुरुमा स्टेफेन समिर विनोङले हेड हानेका थिए। त्यसका ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बल रोकेपनि पूर्ण रुपमा क्लियर गर्न नसकेपछि नजिकै रहेका सुदिलले गोल गरे । ललितपुरका सनिशले सुदिललाई रोक्ने प्रयास गरेपनि सफल भएनन्।
पापा इबोउ केबेले ७४औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। पापा इबोउ केबेले ललितपुरको अग्रता २-१ बनाए । पहिलो गोल गरेका इमोह इजेकेलले असिस्ट गरेका हुन् । यस पटक पनि पोखराले आफ्नै गल्तीले गोल खाएको छ। पोखराका विलियम बिएस्सीले क्लियर गरेको बल फितलो रहेपछि बक्स बाहिर रहेका इमोहले बल पाए। उनले सिधै बक्सम क्रस दिए । पोखराका जाफारोभले बल रोक्न खोजेपनि भेटेनन्। त्यसपछि ललितपुरका पापा केबेले बल पाए उनले कन्ट्रोल गर्दै सानदार फिनिस गरे।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




