आन्दोलनरत शिक्षकले लखेटेको आरोपपछि माधव नेपालले भने : हामीले शिक्षकहरूले स्वागत गरे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार दिउँसो आफूसहित पार्टीका नेताहरूलाई ताली बजाउँदै नारा लगाएर स्वागत गरेको स्पष्टीकरण दिएका छन् ।
उनले विभिन्न सञ्चारमाध्यममा आफूहरूलाई आन्दोलनरत शिक्षकले ‘यहाँ नआउनू’ भन्दै आएका समाचारप्रति आपत्ति जनाउँदै यस्तो स्पष्टीकरण दिएका हुन् ।
‘शिक्षकहरूले हामीलाई खेदेका होइनन्, स्वागत गरेका हुन् । ताली बजाएर, नारा लगाएर, मुठ्ठी उचालेर हामीले नारामा साथ दिएका थियौं,’ अध्यक्ष नेपालले भने ।
सोमबार दिउँसो नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता दिन भन्दै नेपालसहित एकीकृत समाजवादीका नेताहरू पुगेका थिए । सो क्रममा शिक्षकहरू आफ्नो आन्दोलनमा नभइ संसद्मा बोल्नुपर्ने भन्दै ‘यहाँबाट गइदिनुस्’ भनेका थिए ।
तर, अध्यक्ष नेपालले घटना त्यस्तो नभइ शिक्षकहरूले भव्य स्वागत गरेको जिकिर गरे ।
‘सोही अनुसार हामी शिक्षकको आन्दोलनलाई ऐक्यबद्धता जनाउनका लागि पुगेका थियौं । पार्टीका नेता र संसद्मा भएका सांसदहरूको पंक्ति त्यहाँ पुगेका थियौं,’ उनले भनेका छन्, ‘शिक्षकहरूले भव्य स्वागत गर्नुभयो । हामीले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जारी गर्यौं ।’ अध्यक्ष नेपालले शिक्षकहरूमा अझै धेरै उत्साह र मनोबल बढेको आफूहरूले पाएको पनि बताएका छन् ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




