राजनीति

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा ; सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले अदालतले ५२ पदाधिकारीको मुद्दामा ‘हान्दिउँ भन्दै रोकेर राखेको’ भन्ने थापाको अभिव्यक्तिमा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

गत आइतबार सर्वोच्चमा दर्ता भएको थापाविरुद्ध अदालतको अवहेलना निवेदन एकैपटक संयुक्त इजलासमा परेको थियो । अधिवक्ता अनन्तराज लुइँटेलसहितले दर्ता गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले मंगलबार ९वैशाख १६०को पेसी दिइएको थियो ।

प्रारम्भिक सुनुवाइपछि थापालाई लिखित जवाफ पेस गर्न आदेश भएको हो । आफैँ उपस्थित हुने वा आफ्नो कानुन व्यवसायीमार्फत जवाफ पेस गर्ने भन्ने आदेशको पाठपछि मात्र सार्वजनिक हुनेछ ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...