अर्थ

पेस्तोल पड्काउँदै नाच्ने बबी शाहको अनुसन्धान थालियो, पेस्तोल बरामद

काठमाडौँ। सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ ।

डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले बताए।

प्रहरीले सो पेस्तोल परिक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ। मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको खुलेको छ।

सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ। पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए। सर्लाहीको भाडसरमा भएको घटनालाई डा।सिंहले भारतमा सितामढीमा भएको भनेर जिकिर गरेकी छन्। कोमल सुप्रियाको विवाह वैशाख मा सितामढीमा भएको थियो । डा।बबीलाई सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरिरहेको छ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...