कला

सकियो अभिमन्यूको छाँयाकंन, हिन्दी र नेपालीमा रिलिज हुने

काठमाडौँ। फिल्म पूर्णबहादुरको सारंगी निर्माण गरेका निर्माता विनोद पौडेलेको नयाँ फिल्म अभिमन्यूको छायांकन सकिएको छ। गत चैत्र १९ गते देखि फ्लोरमा गएको फिल्मको छायाँकन जम्मा २५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ। सेभेन सिज फिल्मको प्रस्तुतिमा तयार भइरहेको अभिमन्युलाई नव निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन। मुकेश खनालको लेखनमा आधारित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकको रूपमा रहेका छन्, जसले यसअघि बाटोस् रोड टु डेथ निर्देशन गरेका थिए।

अभिमन्यूमा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतका कलाकार शीर्ष भूमिकामा छन। पैसाको मोहमा जालमा फसेको पात्रले उम्किन गर्ने संघर्ष नै फिल्मको मूल कथा हो।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। शरद महतो फिल्मका म्इए ९क्यामेराम्यान० हुन्। अभिमन्यु भदौ २७ गते नेपालसहित विश्वभर एकैसाथ नेपाली र हिन्दी भाषामा रिलिज हुने तयारीमा छ।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...