एम.भि.दुगड ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

काठमाडौं । नेपालको प्रतिष्ठीत व्यापारिक घराना एम.भि.दुगड ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को शक्त्तीशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।

चन्द्रागिरि हिल्स काठमाण्डौमा भब्य कार्यक्रम बिच सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जो¬न) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन लगायतको उपस्थीति रहेको एम.भि दुगड़ ग्रुपका पि.आर हेड विमला थापाले जानकारी दिइन् ।

२ दिन सम्म चलेको उक्त कार्यक्रममा एम.भि.दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको भन्नुभयो । उपाध्यक्ष विवेक दुगड् ज्यूले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए ।

जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठीत र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एम.भि.दुगड् ग्रुप संगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए । उक्त कार्यक्रममा एम.भि.दुगड ग्रुपमा लामो समय देखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरि हौसला प्रदान गरिएको थियो ।

You might also like
Comments
Loading...