राजनीति

सांसदलाई ओलीको टिप्स ; नीति तथा कार्यक्रमलाई राम्ररी पढ्नुहोस्, लेखेर ल्याएर स्पष्ट पढनुहोस्

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‌मा आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। शनिबार बालुवाटारमा बसेको एमाले दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । उनले सरकारले संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताए।

नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको उनले उल्लेख गरे। उनले सांसद जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्र बोल्न निर्देशन दिए । बुँदागत रूपमा टिपेर बोल्नुपर्ने उनले बताए। ‘प्वाइन्टहरू साथीहरूले लेखेर ल्याउनुहोला बोल्ने बेलामा । लेखेका प्वाइन्टहरू बोल्नुहोला, ताकि कुरा नछुटोस्, नबिर्सियोस् भन्नका लागि,’ उनले भने, ‘लेखेर ल्याएको बुँदाहरू प्रस्टताका साथ व्याख्या गर्न सक्ने गरी आउनुपर्‍यो । सिंगै वक्तव्य लेखेर ल्याए पनि हुन्छ।’

विपक्षीले विरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्न सक्ने गरी सांसदहरूले तयारी गर्नुपर्नेमा उनले जोड दिए। ‘लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ,” उनले भने, “तत्काल उठेका कुराहरूको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ। हरेक सांसदहरूले गलत कुरामा उठेको खण्डनहरूमा पनि बोल्नैपर्ने हुन्छ । त्यस ढंगले आफूलाई प्रस्तुत गरेर आउनू, म साथीहरूलाई आग्रह गर्न चाहन्छु।’

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सरकारले शुक्रबार ९वैशाख १९० संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावका निम्ति सांसदलाई ७२ घण्टाको समय दिइएको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...