अर्थ

घट्यो नेप्से

काठमाडौँ। नेप्से परिसूचक साताको पहिलो दिन अर्थात आइतबार घटेको छ। नप्से ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको छ।

बुधबार नौ अर्ब ३७ करोडको कारोबार भएकोमा आइतबार नौ अर्ब २४ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोड रूपैयाँ कमी आएको हो।

आज ३२२ वटा धितोपत्रको दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच भएको हो। आइतबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यसदिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ भने अपर सोलु हाइड्रोको मूल्य ९।९९ प्रतिशतले बढेको छ।

आइतबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६२१ रूपैयाँ ९० पैसामा झरेको छ। यस्तै, रिभर फल्स पावरको मूल्य ७।५५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५९३ रूपैयाँ ०७ पैसा कायम भएको छ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...