३ वर्षपछि प्रतिबन्ध फुकुवा भयो क्रिकेटर आदिलको
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ।
क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो।
आदिललाई २०७९ पौषमा भएको नेपाल टि२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिवेदन फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।
आदिलले अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ । मध्यम गतिमा बलिङ गर्ने अलराउन्डर आदिल आक्रामक ब्याटिङका लागि परिचित छन् । उनी राष्ट्रिय टिमका नियमित सदस्य थिए ।
फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिलले काठमाडौं जिल्ला अदालतबाट भने यसअघि नै सफाइ पाइसकेका थिए । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभिन्न आरोप सहित मुद्दा दायर गरेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




