एनआरएनएको उपाध्यक्ष बनिन् दक्षिण कोरियामा व्यवसाय गर्दै आएकी समाजसेवी जुनु
काठमाडौं। गैर आवसीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट महिला उपाध्यक्षमा समाजसेवी एवं व्यवसायी जुनु गुरुङ निर्वाचित भएकी छन्। दक्षिण कोरियामा लामो समय देखि व्यवसाय गर्दै आएकी विभिन्न संस्थामा कार्यरत गुरुङ सर्वसम्मतरूपमा उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनी नेपाली समूदायकी प्रतिष्ठित ब्यक्तित्व, साथै नेपाली ग्लोवल सस्थाकी एसिया कोअर्डिनेटर तथा एन आर एन ए अभियन्ता समेत हुन्। उपाध्यक्षमा निर्वाचित भएपछि उनलाई देशविदेशबाट बधाई आउने क्रम जारी छ।
को हुन् जुनु?
नेपालको लम्जुङमा जन्मिएकी जुनु ललितपुर घर समेत छ। उनी व्यापारको सिलसिलामा सन् २००६मा विजनेश भिसामार्फत कोरिया छिरेकी हुन्। उनी हाल नेपाली चोक भनेर चिनिने दोङ्देमूनमा शुभेच्छा मार्ट र रेस्टुरेन्ट ब्यबसायको गर्दै आएकी छिन्।
सानैदेखि सामाजिक सेवामा रुचि रहेको जुनुका लागि परदेशमा पनि समाज सेवा गर्नु पर्छ भन्ने भावना जागेर आयो। उनले आफ्नो ब्यबसायका साथै समाजसेवामा समय दिन थालिन्। कोरियामा विवाह गरेर गएका नेपाली महिला तथा पुरुष कामदारमाथि परेको समस्या समाधान गर्ने कामबाट नै अघि बढ्ने निर्णय गरिन। त्यपछि महिलाको समस्याको लागि महिला महिलाबीच छलफल गरी अघि बढाइन्।
सबै राजी भएपछि महिलाका लागि महिला (वुमन फर वुमन) समेत खोलिन्। जुनु त्यस संस्थामा बसेर दुःख र समस्यामा परेका नेपाली चेलीलाई सहयोग गर्न थालिन्। सहयोग र अहोरात्र खटिएका कारण उनी अधिबेसनबाट अध्यक्ष समेत काम गरिन्। आफ्नो कार्यकालमा उनीलगायत नेपाली महिलाको पहलमा काम छोडेर या दुःख पाएर अलपत्र नेपाली चेलीलाई आश्रय दिन महिला सेल्टर स्थापना पनि भयो। सो सेल्टर स्थापना भएपछि दर्जनौ नेपाली चेलीको उद्धार समेत भएको छ।
जुनुको कार्यकालमा कोरियामा उनले कोरियन चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य शिविरको शुरुवात गर्न समेत सफल भइन्। दोहोरी कार्यक्रम, तिहारमा भाइटिका कार्यक्रम ,कोरियान भाषा कक्षा, भैलो कर्यक्रम, कोरियन फुड कार्यक्रम लगायत धेरै कार्यक्रमहरु कोरियमै पहिलो पटक सुरुवात गरि चर्चमा आएकी थिइन्।
नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका तीज, नारी दिवस लगायत सयौ कार्यक्रमहरु गरी आफ्नो कार्यकाल सफल बनाएकी थिइन्। उनले कोरियन संस्थाहरुलाई पनि आफ्नो सस्थामा सहकार्य गराइ धेरै सहयोगहरु लिएको थियो।
नेपालीलाई विभिन्न समस्या हुदा कोरियाको लगभग धेरै कम्पनीमा समेत पुगी सकेकी छिन। उनको पहलमा वुमन फर वुमनले उदाहरणीय काम गरेको हुनाले परदेसि लाइफ डट कम भन्ने अनलाइनले स्थानिय रुपमा सर्वेक्षण गरि उनी र उनको संस्थालाइ वर्षकै उत्कृष्ट समाजसेवी व्यक्ति र संस्थाको रुपमा सम्मानित एवं पुरस्कृत भइन्।
उदार मन र खुल्ला दिलकी धनी, असाध्यै मिलनसार र कसैको पिडामा छिटै पग्लिने स्वभावकी जुनु नेपाली समाजमा जुनु दिदि नामले चर्चित छिन्। के महिला के पुरुष सबैको लागि सकेको सहयोग गर्दै गइन्। सम्पूर्ण नेपाली संघ सस्थाको आफ्नो भरोसाको साथी बन्दै गइन्।
उनको समाजसेवाप्रतिको योगदानबाट प्रभावितभै नेपाली दूतावासको सिफारिसमा समाजका चर्चित ब्यक्तित्वलाइ सम्मान स्वरुप प्रदान गरिने कोरियन सरकारको स्थानिय सउल महानगरपालिकाबाट मानार्थ नागरिकता समेत पाउन सफल भइन्।
हालसम्म इन्डिया ,जापान, हङकङ, चीन र अमेरिका समेत भ्रमण गरेकी जुनु गुरुङ हाल एन आर एन दक्षिण कोरियाको उपाध्यक्ष रहेकी छिन्। पहिलोपल्ट २०१५ एन आर एन केन्द्रीय सम्मेलन काठमाडौमा भाग लिएकी उनले एनआरएन भित्र सक्षम नेतृत्व निर्माण गर्न अहम भुमिका खेलेकी थिइन्।
कोरियाको बसाइँ भएपनि उनले नेपालमा समेत सामाजिक गतिविधिमा आफूलार्इ सामेल गराउँदै आएको छन्। आफू पढेको विद्यालयमा सहयोग पनि गरेकी छिन्। उनले नेपालमा स्थानीय क्लबहरुसँग सहकार्य गर्दै आइरहेकी छन्। समाजसेवालाई आत्म सन्तुष्टिको विषय मात्र नमानेर एक मानवीय दायित्व पनि हो भन्ने जुनु गुरुङले समाज सेवा गर्न स्वच्छ छवि र निस्वार्थ भावना हुनु जरुरी छ भन्दै आएकी छन्।
उनी महेश श्रेष्ठ नेतृत्वको एनआरएनएको उपाध्यक्ष हुन्। शनिबार काठमाडौंको हायात होटलमा सम्पन्न महाधिवेशन सम्पन्न भएको थियो। समितिको अन्य उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् ।महासचिवमा बाबुराम लामा चयन भएका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




