कला

मिलन चाम्सको निर्देशनमा ‘सुम्निमा’ बन्ने

काठमाडौं। मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुबन्धनसँगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ। २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताईएको छ।

निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ चाम्सले भने ।

नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन हुनेछ। चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ।

फिल्ममा राजीव थापाको कथा र पटकथा रहनेछ । चाम्सको निर्देशनमा बनेको बायोपिक सिनेमा अञ्जिलाले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ।

‘अञ्जिला’ ले प्राप्त गरेको सफलतासँगै चाम्सलाइ आगामी प्रोजेक्ट उत्कृस्ट बनाउनु पर्ने चुनौती छ। कथा राम्रो भएको र टिम राम्रो हुने हुँदा ‘सुम्निमा’ उत्कृस्ट सिनेमा बन्नेमा चाम्स ढुक्क देखिएका छन्। चलचित्रका अन्य प्राविधिक र टिमको बारेमा पछि मात्र जानकारी दिने चाम्सले बताए।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...