सूर्योदयमा सुरुभयो व्यवसायिक पुष्प खेती प्रविधिको तालिम
इलाम। इलामको सूर्योदय नगरपालिकामा व्यावसायिक पुष्पखेती प्रविधि तालिम सुरु भएको छ। कृषि व्यवसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र कोशी प्रदेश झुम्काले आयोजना गरेको तालिम ६ दिने रहेको छ।
तालिममा २८ जना सूर्योदय नगरपालिका र इलाम जिल्लाका विभिन्न पालिकाबाट सहभागी छन्। कृषि ज्ञान केन्द्र इलाम र फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) इलामले संयोजन तथा सहयोगमा हुने यो तालिमको आज उद्घाटन भएको छ । फिक्कलको अलैंची विकास केन्द्रमा यो तालिम सञ्चालन भईरहेको छ।
तालिमलाई फ्यानका केन्द्रीय तालिम विभागका दिलिप वादे र फ्यान सहकारी संस्था काठमाडौंका विश्वमणी पोख्रेलले सहजिकरण गर्दैछन्। थेउरी र प्राक्टिल दुबै वेशमा हुने यो तालिममा अलैंची विकास केन्द्र वागवानी विकास अधिकृत अनुपा सुवेदी र तालिम संयोजक समेत रहेको झुम्काका प्रतिनिधि मनकुमार राईले समेत सहजिकरण गर्नेछन्।
तालिम केन्द्र झुम्काले मागमा आधारित तालिम अन्तर्गत मात्र यो आर्थिक वर्षमा ८ वटा विभिन्न विधाका तालिम आयोजना गरेको संयोजक राईले जानकारी दिए। यसभन्दा अघि मिनिटिलर, पावर टिलर मर्मत सम्बन्धि तालिम, बीउ उत्पादन सम्बन्धि अभिमूखिकरण तालिम, तरकारी तथा फलफुल उत्पादन तथा प्रशोधन सम्बन्धि तालिम आयोजना गरिएको राईले जानकारी दिए।
फ्यान इलाम शाखाले समेत वर्षेनी तालिम तालिमहरु आयोजना गर्दै आइरहेको छ। गतवर्ष मात्र कृषि ज्ञान केन्द्र इलामसँगको सहकार्यमा फुल नर्सरी सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको थियो । त्यस्तै एन्जेलिया क्यामेलिया सम्बन्धि तालिम समेत नेदरल्याण्डकी प्रशिक्षकको सहजिकरणमा इलाम सदरमुकाममा तालिम आयोजना गरेको थियो।
तालिममा नेपालमा पुष्प व्यवसायको अवस्था, सम्भावना, चूनौती, व्यवसायमा प्रविधिको प्रयोग, इलाम जिल्लामा पुष्प व्यवसायको अवस्था र बजारीकरण, पुष्प व्यवसायको प्रबर्द्धन विषयमा केन्द्रित रहेर प्रशिक्षण गरिने तालिम संयोजक राईले जानकारी गराए।
फ्यानका जिल्ला अध्यक्ष हेमान तामाङको अध्यक्षतामा भएको भएको कार्यक्रमलाई प्रमुख अतिथि समेत रहेका फ्यानका केन्द्रीय अध्यक्ष राजेशभक्त श्रेष्ठले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिसँगै फ्यान प्रदेश संयोजक सिताराम लामिछाने, बागबानी विकास अधिकृत अनुपा सुवेदीले पुष्प व्यवसायको चर्चा गर्दै शुभकामना दिएका छन्।
कार्यक्रममा फ्यान इलामका संस्थापक अध्यक्ष बुद्धमाया सोङमी र निवर्तमान अध्यक्ष सावित्रादेवी राई, वर्तमान कोषाध्यक्ष रिता लेप्चा लगायत कार्यमसमिति सदस्यहरुको समेत सहभागि रहेको छ।
तालिममा सहभागीहरुलाई दैनिक भत्ता तथा टाढाबाट आएकाहरुलाई यातायातको व्यवस्था गरिएको छ । साथै टाढाका सहभागिलाई आवासको समेत व्यवस्था रहेको फ्यानका फ्यान इलामका उपाध्यक्ष रञ्जिता जिमीले जानकारी दिए । तालिम आगामी वैशाख २९ सम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




