खेलकुद

भारत-पाकिस्तान तनावको असर क्रिकेटमा, रद्द भयो आईपीएलको खेल

काठमाडौंं। आइपीएल २०२५ अन्तर्गत धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच बिहीबार रातिको खेल सुरक्षा कारणले रद्द गरिएको छ।भारत-पाकिस्तानबीचको तनावका कारण खेल जारी रहदा रंगशालाको फ्लडलाइट निभाइएको थियो।

त्यतिबेला पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। भारत-पाकिस्तानबीचको बढ्दो तनावका कारण सुरक्षा निकायहरूले खेल स्थलमा सम्भावित खतरा देखेका थिए।

यसै कारण आयोजकहरूले जारी रहदा सबै बत्तीहरू निभाएर खेल रद्द गर्ने निर्णय गरेका थिए। भारत-पाकिस्तानबीचको तनावका कारण यो महत्वपूर्ण खेल रद्द हुदाले दुबै टोलीका प्लेअफ सम्भावनामा असर पारेको छ।

आयोजकहरूले सुरक्षा प्राथमिकता दिँदै खेल रद्द गर्ने निर्णय गरेका छन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...